Loading...
राजनीति

प्रचण्डसँगको भेटवार्ता, ओलीले स्थगित गरे संवैधानिक परिषद्को बैठक

प्रचण्डसँगको भेटवार्ता

काठमाडाै, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा परिषद‍् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारि दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए । यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठकमा बोलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *