प्रचण्ड–नेकपा पेरिसडाँडामा जुट्दैः ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला

काठमाडौं । प्रचण्ड र नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी आज पनि संघर्षमा जुट्दैछन् । बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको छलफल चल्नेछ । पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने भट्टराईले बताए ।

आन्दोलनका कार्यक्रम आजै ३ बजे घोषणा गरिने उनले बताए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा फुटेको छ प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रिएको हो । हिजो मंगलवार नेकपाले देशभर प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *