Loading...
समचार

प्रचण्ड–नेपाल समूहको बैठकमा घनश्याम भुसाल बाहिरिए

yamale

काठमाडौं,  प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका हुन् ।

भुसाल पेरिसडाँडाबाट बाहिरिएपछि ४ बजेबाट शुरु बैठकमा जारी नै छ  । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरेका छन् ।

यो पनि पढ्नुहोस्: प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक शुरु

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको छ । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । 

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनको लागि जाने वा नजाने भन्ने निर्णय गर्ने जानकारि रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *