प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : सरकारको तर्फबाट आज लिखित जवाफ पेस हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको मुद्दामा सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयले आज लिखित जवाफ पेस गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासले दिएको आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने भएको हो ।

यही पुस १० गते जबरासहितको संवैधानिक इजलास बसेको थियो । इजलासले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानुनी औचित्य पुष्टि गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।

यस्तै, इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिससहितको निर्णय, अविश्वासको प्रस्तावका लागि पेस भएका कागजात, कुन प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने कागजातसँगै एमिकस क्यूरी मगाउन अदालतले आदेश दिएको थियो ।

सोही अनुसार प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार एसोसिएसनले तीन जना र सर्वोच्च बार एसोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई मनोनयन गरिसकेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *