Loading...
समचार

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

प्रधानमन्त्री ओलीले पनि खोले

काठमाडौ प्रधानमन्त्री ओलीले पनि खोले। सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले आफै सामाजिक सञ्जालमा आएका कुराहरुको निकै गहिरो अध्ययन गर्छन ।

उनी सामाजिक सञ्जालमा आएका विषयमा चासो र रुची राख्छन् । यद्धपी उनको फेसवुक र ट्वीटर भने सचिवालयले चलाउने गरेको छ ।

ट्वीटर र फेसवुकमा सकृय प्रधानमन्त्री ओलीले टिकटक एकाण्ट पनि खुलेको हो । ओलीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा भएपनि युवा पुस्तामाझ रहेको टिकटकमा पनि उनका गतिविधि राख्न टिकटक प्रयोग गरिएको सचिवालय सदस्यले बताएका छन् । प्रधानमन्त्रीको भिडियो टिकटकमा अपलोड पनि भइसकेको छ । उनको पहिलो भिडियो अहिले सम्म एक लाख जनाले हेरिसकेका छन् ।

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *