प्रधानमन्त्री ओलीले भने ‘कि म हट्नुपर्छ कि प्रचण्ड हट्नुपर्छ रहन्छु’

काठमाडौ कि म हट्नुपर्छ कि प्रचण्ड। नेकपा भित्र विवाद बढिरहेको बेलामा बुधवार सचिवालय समितको वैठक बस्यो । मंगलवार देखि नै सो बैठकका बारेमा रस्साकस्सी भएको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठककै समयमा मन्त्रीपरिषद् वैठक राखेपछि अन्यौल बढेकै बेलामा उनले समय मिलाएका हुन् । दोस्रो तहका नेकपाका नेताहरुको लामो कसरत पछि ओलीलाई बैठकमा सहभागी गराउन सफल भएका थिए । यता प्रचण्डलाई पनि ओली विरुद्ध वैठकमा कुनै चर्का कुरा नगर्ने सहमति दोस्रो तहका नेताले गराएका थिए ।

लामो रस्साकस्सीबीच भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डले अघिल्लो सचिवायलमा राखेको लिखित प्रस्तावको जवाफ दिन १० दिनको समय मागेका थिए । त्यस क्रममा उनले प्रचण्डले राखेको प्रस्तावमा उल्लेख भएका कुरा सहि सावित भए आफुले राजिनामा दिने तर गलत सावित भए प्रचण्ड पदवाट हट्नुपर्ने भनाई राखेका थिए ।

अनुमान गरिए जस्तो चर्काचर्की नभएको बैठकमा प्रधानमन्त्रीले आफ्नो भनाई राख्ने क्रममा यस्तो बताएका हुन् । उनले भने अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ?

किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनुपर्छ अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्छ । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्छ, यसको जवाफदेही लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *