Loading...
समचार

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले पहिलो मन्त्रिपरिषद बैठक बोलाए

rajniti

काठमाडौँ, सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक मन्त्रीले जानकारी दिए अनुसार आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो ।

त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको छ ।

यो पनि पढ्नुहोस: आज सुनको भाउ घट्यो

काठमाण्डाै, सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो,महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *