प्रेमीकाले जिन्दगी बर्बाद गरि भन्दै प्रेमीले अदालतमा मुद्या दर्ता गराएपछि

एजेन्सी प्रेमीकाले जिन्दगी बर्बाद। जहाँ प्रेम हुन्छ त्याहाँ बलिदान पनि हुन्छ । संसारमा कमै प्रेमीहरु हुन्छन् जस्ले एकअर्कालाई जीवन साथीको रुपमा पाउन सफल हुन्छन् । तर प्रेमको सम्बन्ध बिग्रिएको खबरहरु सुन्नलाई जत्ति पनि पाउन सकिन्छ । प्रेम सबैको सफल हुँदैन । जस्को सफल हुन्छ त्यो जोडीले आफुहरुलाई संसारकै भाग्यमानी जोडीको रुपमा चिनाउन खोज्दछ । तर जस्को असफल हुन्छ त्यो प्रेमीले भने आफुलाई कुनै पनि माध्यमबाट कित बर्बाद गर्न खोज्दछ कि भने बदला लिन चाहान्छ ।

क्यानडाका एक प्रेमी जस्ले प्रेमीकाको धोकामा परेपछि आफुलाई पुरै नसामा डुबाए । क्यानाडामा भएको यस घटनाका प्रेमी एरिक अब्रामोविट्ज हुन् । एरिक हाल आफ्नो पुर्व प्रेमिकामाथि केहि कुराको आरोप लगाएका छन् । प्रेमिकाको कारण आफ्नो जिन्दगी बर्बाद भएको आरोप प्रेमिकालाई लगाउदै अदालतमा मुद्दा दायर गरेका छन् । एरिकले आफ्नो आरोपमा लस एन्जलसमा २०१३ मा पढाईको लागि एक स्कुलमा निवेदन दिएका थिए । उनले म्युजिशियन क्लेरिनेट गिलाडमा सिक्न चाहेका थिए ।

त्यसको लागि उनलाई छात्रावृत्ति पनि मिलेको थियो । एरिकको लागि त्यो अत्यधिक राम्रो मौका थियो । एरिकले त्यो मौका गुमाउन चाहान्नथे । त्यसको लागि जुनसुकै मुल्य चुकाउन तयार थिए । छात्रावृत्ति पाउँन उनले धेरै समय र मेहेनत पनि गरेका थिए । आफ्नो तर्फबाट पुरै तयारी गरेका एरिकले अडिशनमा पनि भाग लिएका थिए । यति धेरै गरेपछि पनि सेलेक्सनमा नपर्दा भने उनी डिप्रेशनमा गए । यस घटनाको २ वर्षपछि एरिकको जेनिफरसँग ब्रेकअप भयो ।

वास्तवमा एरिक कोलबर्न कंन्जरवेटरीलाई सेलेक्ट नगर्न इमेल जेनिफरले पठाएकी थिइन् । जेनिफर र एरिक त्यो समयमा एकै कक्षामा अध्ययन गर्दै थिए । उनीहरु डेटमा रमाइरहेका थिए । आफुबाट टाढा नहोस् भनेर जेनिफरले इमेल गरेकी थिइन् । अदालतले जब यस बारेमा जानकारी पायो तब जेनिफरले एरिकको करियर बर्बाद पारेको अभियोगमा २ लाख ६० डलर अर्थात १ करोड ७८ लाख रुपैयाँ धरौटी राख्नु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *