Loading...
चाखलाग्दो कुरा

प्रेमीले धोका दिएपछि प्रेमिकाले यसरी बदला लिइन् जस्ले बनायो संसारलाइ चकित !

love fail

अक्सर धेरैको जीवन प्रेम र ब्रेकअपको गोलचक्करमा घुमिरहेको हुन्छ । यो नव-यौवना जोडीको मात्र कुरा होइन, पति-पत्नीबीच पनि यस्तो हुन्छ । विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन ।

एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ । प्रेमी-प्रेमिकाको त कुरै छाडौं । धेरैजसाको सम्बन्ध दिगो हुँदैन । प्रेम गर्ने, ठाकठुक पर्ने, ब्रेकअप हुने क्रम उनीहरुमा चलिरहन्छ ।

प्रेम सम्बन्ध किन सधै सुमधुर हुँदैन ? किन ब्रेकअप हुन्छ ? किन एकअर्काले धोका दिन्छ ? यसमा अनेक कारण हुनसक्छ । भनिन्छ, प्रेम विश्वासमा टिकेको हुन्छ । त्यसैले प्रेम सम्बन्धलाई जोड्ने सबैभन्दा मूख्य तत्व हो, विश्वास । त्यससँगै समझदारी आवश्यक हुन्छ । एकअर्कालाई गर्नै केयरिङ त छँदैछ । यद्यपी विविध कारणले दम्पती वा प्रेम जोडीबीचको समबन्धमा दुई चिरा पर्छ । उनीहरुले एक अर्कालाई धोका दिन थाल्छ । किन ?

साँचो माया भाग्यमानीलाई मात्र मिल्छ रे । तर, कसैले आफुलाई धोका दिएको थाहा पाउँदा पृथ्वी खसेको जस्तो महसुस हुने गर्दछ । कोही मानिस मायामा धोका हुँदा ऊसँग टाढा भएर जीवन अगाडी बढाउँछन् भने कोही उल्टै बदला लिने गर्छन् । यस्तै रोचक एउटा घटना अस्ट्रेलियामा भएको छ ।

हिदी रुहोनेन २६ वर्षकी भइन् । उनलाई उनका प्रेमीले धोका दिएको र उनले लिएको बदलाको कारण निकै चर्चा भएको छ । धोकेवाज प्रेमीको लागी सबक सिकाउनको लागी यी महिलाले फरक तरिका अपनाएकी छिन् । मेलबर्न विश्वविद्यालयकी यी छात्राले आफ्ना प्रेमीले झुटो माया गरेको थाहा पाएपछि उनको दिल टुटेको थियो । यसपछि उनले उनका प्रेमीलाई सबक सिकाउनु पर्ने महसुस गरिन् ।

romance

प्रेमीसंग जोडिएका याद आउने सम्पूर्ण सामानहरु बेचिदिएकी छिन् । उनले प्रेमीले दिएका कपडा, जुत्ता, भिडियो गेम, फिल्म, किताब र स्पीकर जस्ता सबै सामान आफ्नै गाडी पार्किङमा सेलमा राखेकी थिइन् । यो सामान बेचेर आएको पैसाले लामो यात्रा गर्ने बताएकी छिन् ।

आफ्नो प्रेमी/प्रेमिका वा श्रीमान/श्रीमती हुँदाहुँदै तेस्रो व्यक्तितर्फ आकषिर्त हुनु धोकाको पहिलो कारण हो । मानिसलाई आफ्नो घरभन्दा बाहिर सम्वन्ध बढाउँदा रोमाञ्च र आनन्द मिल्छ । तर उनीहरु भुल्न पुग्छन् कि यस्तो सम्वन्ध अन्ततः घातक हुनेछ । मानिसहरु आफ्नो जीवनमा केही नयाँपन ल्याउने लालसामा घरबाहिर सम्वन्ध गाँस्न पुग्छन् ।

शारीरिक सम्वन्ध पनि प्रेममा धोकाको एउटा ठूलो कारण हो । नयाँ व्यक्तिसँग सहवासको चाहले पनि अक्सर पुरुष वा महिलाहरुलाई आफ्नो पार्टनरसँग धोकाका लागि उक्साउँछ । यस्ता व्यक्तिहरुमा असन्तोषको भावना हुन्छ जसले गर्दा उनीहरु घरभन्दा बाहिर सम्वन्ध गाँस्न पुग्छन् ।

कैयन मानिसहरुले धोका दिने एउटा अर्को कारण हो आफ्नो घरभित्र खुशी प्राप्त नहुनु । एक अनलाइन सर्भेक्षणमा ५५ प्रतिशत मानिसहरुले आफूहरु घरभित्रको सम्वन्धबाट खुशी नभएर बाहिर सम्वन्ध गाँस्न पुगेको बताएका छन् । यस्तो बताउनेमा ३५ प्रतिशत महिलाहरु पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *