फुलबुट्टे सारी गाउने अफ्रिकी गायिकाले गाइन फेरि अर्को नेपाली गीत; केहि क्षणमै बन्यो भाइरल (भिडियो हेर्नुस्)

केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकपि्रय छिन । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो ।

यसको सफलतापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् ।

मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।अब प्रस्तुत छ भिडियो सामाग्री:

यो पनि पढ्नुहोस् : अचम्मको स्मरणशक्ति भएको भेडा जसले सजिल्यै चिन्दछ सेलिब्रेटीहरु

भेडालाई एकोहोरो तथा बुद्धि नभएको प्राणीको रुपमा होच्याइन्छ । तर, हालै गरिएको एक अध्ययनले चाहीँ भेडा निकै होसियार प्राणीको रुपमा रहेको र तस्वीर हेरेरै विश्वका प्रसिद्ध हस्तीहरुको पहिचान गर्नसक्ने देखाएको छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कहिल्यै नदेखेका सेलिब्रेटीहरुलाई समेत उनीहरुको तस्वीर हेरेर मात्र पनि भेडाले चिन्न सक्दछ ।

धेरै भेडाहरुमा गरिएको परीक्षणपश्चात् शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुले यस नतिजासम्म पुग्नको लागि भेडाको एउटा झुण्डलाई प्रशिक्षित गरे र उनीहरुलाई विश्वका केही चर्चित व्यक्तिहरुको तस्वीर देखाएर प्रश्न गरे ।

यसमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामादेखि प्रसिद्ध हलिउड अभिनेत्री एमा वाटसन लगायतका तस्वीर देखाइएको थियो । भेडाले ती तस्वीरहरु पहिचान गर्न सफल भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *