फेरि सडकमै खाना,भोको पेट भर्न खाना खोज्दै सडकतीर मजदुरहरु…….हेर्नुस त

काठमाडाै, थापाथलीस्थित प्रसूतिगृहको पछाडि तर्फको चौरमा टुक्रुक्क बसेका छन् शिवकुमार सुवेदी । खासमा यतिखेर उनी कुनै निर्माण साइटमा काम गरिरहेको हुनुपर्ने थियो । तर, लकडाउनले उनलाई सडकमा पुर्‍यायो । एक छाक खानकै लागि सडकमा हात थाप्नुपर्ने बाध्यतामा उनलाई धकेल्एको छ ।

दोलखाको चरिकोटका सुवेदी परिवारसँग नयाँ वर्ष मनाएर रोजगारीका लागि काठमाडौं छिरे । कीर्तिपुरमा निर्माण मजदुरका रूपमा काम गरिरहेका सुवेदीको काम खोसियो, लकडाउनले यहाँ ल्यायो ।

दिनभर काम गरेर साँझपख ठेकेदारसँग पैसा लिएर चुल्हो बाल्ने सुवेदीको चुल्हो बल्न छाड्यो । ‘बाँच्नु त पर्‍यो नि,’ उनी भन्छन्, ‘एक छाक भए पनि पेट भर्नुपर्‍यो भनेर आएको हुँ ।

लक#डाउनमा थापाथली आइपुग्न पनि त कहाँ सजिलो छ र? सडकमा प्रहरीको आँखा छल्दै आउनुपर्छ । हरेक चोक र गल्लीमा प्रहरीले रोकेर केरकार गर्छ । भात खान जान थालेको भन्छु,’ उनी सुनाउँछन्, अस्ति त बल्खुमा रोक्यो प्रहरीले ।

छ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी सहित कामको खोजीमा काठमाडौं आइपुगेका सुवेदीले परिवारलाई आफू सडकमा मागेर पेट भर्न थालेको कुरा सुनाएका छैनन् । कमाउन आएको मान्छेले खान पाइनँ भन्ने कुरा त कसरी सुनाउनु उनले भने, बरु यो लकडाउन खुले घर जान हुन्थ्यो ।

घर जाने आसमा एक छाक भए पनि थापाथलीको चौरमा सुवेदी र उनीजस्तै अन्य मजदुरहरूले खाना खाइरहँदा सरकारले भने लकडाउनको अवधि एक हप्ता थप्यो । गत वर्षको लकडाउनमा पनि मजदुरहरू यसरी नै सडकमा आइपुगेका थिए । एक छाक खाना खोज्दै मजदुर सडकमा आएपछि काठमाडौं महानगरपालिकाले आफ्नो बेइज्जत भयो भन्दै मजदुरलाई खाना वितरणमा बन्देज लगाएको थियो ।

lockdown1

४३ वर्ष पुगिन् गीता पाण्डे । उनी शंखमुलमा बिहान(बेलुका तरकारी बिक्री गर्थिन्, दिउँसो घरमा गएर लुगा धुने काम । लकडाउनले उनको पनि काम खोस्यो । अधिकांश मजदुरको जस्तै उनको घरमा पनि चुल्हो बल्न छाड्यो । किनेर खान सक्ने भए त यहाँ किन पो आउँथेँ र पाण्डेले भनिन्, यसरी खान लाज त लाग्छ नि, लाज मानेर के गर्नु, पेट भर्नै पर्‍यो ।

श्रम गरेर पेट भर्ने मजदुरलाई लकडाउनले भोकै पार्छ भन्ने कुरा गत वर्ष नै थाहा भइसकेको थियो । सरकारले लकडाउन घोषणा गर्नुअघि ती मजदुरका बारेमा एक पटक पनि सोच विचार गरेन कहिल्यै पनि । परिवार पाल्ने जिम्मेवारी बोकेर कामको खोजीमा काठमाडौं उपत्यका छिरेका यी मजदुरहरू न घर जान सक्छन्, न काठमाडौं मै बस्न सक्छन् ।

घर जाऊँ भने गाडी चल्या छैन । ट्रक नै चढेर पनि जान हुन्थ्यो, तर रित्तो हात त कसरी घर जानु?,’ झापा कमल गाउँपालिका देखि निर्माण मजदुरको काम गर्न आइपुगेका सुमन थापा मगरले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *