Loading...
Technology

बन्यो ४ सय किलोमिटर प्रति प्रतिघन्टा उड्ने ट्याक्सी, एकपटकमा पाँच जनाले यात्रा गर्न सक्ने

एकपटकमा पाँच जनाले

एजेन्सी | कार कम्पनी रोल्स रोयसले ४ सय किलोमिटर प्रति घन्टाको दरमा उड्न सक्ने ट्याक्सी बनाउने भएको छ । २०२० भन्दा पहिलेनै यो ट्याक्सी लन्च गर्ने तयारी गरिएको छ । यो ट्याक्सीमा एक पटकमा ५ यात्रुले यात्रा गर्न सक्ने छन् । ट्याक्सी एक पटकको चार्जमा ८ सय किलोमिटरसम्मको दुरी पार गर्न सक्छ ।

एक अंग्रेजी वेब साइटका अनुसार कम्पनीले यसै साता ह्याम्पसायरमा हुने एयर शोमा यसको प्रदर्शनीको तयारी गरेको छ । यो एयर शोमा विश्वका कैयौ चिरपरिचित कम्पनीले पनि आफ्नो प्रदर्शनी गर्ने भएका छन् । रोल्य रोयसले यो भन्दा पहिले पनि हवाई जहाज, हेलिकप्टर तथा पानी जहाजको इन्जिन बनाइसकेको छ ।

रोल्स रोयसले यो ट्याक्सीमा आफ्नो एम–२५० ग्यास टर्बाइन प्रविधिको प्रयोग गरेर ५ सय किलोवाटको उर्जा उत्पन्न गर्नेछ । यसमा आवाज पनि कम आउने इन्जिनको प्रयोग गरिनेछ । यसको हाइब्रिड डिजाइनका कारण बारम्बार चार्ज गरिरहनुपर्ने अवस्था आउदैन । यसमा राखिएको पखेटा ९० डिग्री सम्म घुम्न सक्छ । यो प्रविधिका कारण यो ट्याक्सी सीधै अथवा भर्टिकल अवतरण गर्न र उडान भर्न सक्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *