बलिउड अभिनेत्री दीपिका पादुकोण को#रोनाको चपेटामा

बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार को#रोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि को#रोना संक्रमित भएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार दीपिकाले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । दीपिका हालको समयमा परिवारका साथ बेङ्लोरमा छिन् ।

बेङ्लोरमा दीपिकाका पिता प्रकाश अस्पतालमा उपचाररत छन् । उनकी आमा उज्जवला पादुकोण र बहन अनीषा पादुकोण पनि को#रोना पो#जेटिभ देखिएपछि आइ#सोलेट छन् ।

दीपिकाले हालसम्म आफूलाई संक्रमण भएको आधिकारिक पुष्टि गरेकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दीपिकाको तस्वीर राखेका छन् ।

क्याप्सनसहितको तस्वीरमा उनले ‘माता पिता र बहिनीपछि दीपिका पादुकोण पनि को#रोनाको चपेटामा आएकी छन् । फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्’, लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *