बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर १४ वर्षका किशोर भा’गे, १९ सय किलोमिटर पर भेटिए

एजेन्सी बुवाको भ्यान चोरेर। आफ्ना बुवाको भ्यान चोरेर ११ वर्षकी प्रेमिका लिएर भा’गे’का एक १४ वर्षका किशोरलाई उनका परिवारले १९ सय किलोमिटर पर फेला पारेका छन् । परिवारले उनीहरुलाई निकै टाढा पुगेपछि फेला पारेका हुन् ।

१४ वर्षका केभिन फिगिउरोसले ११ वर्षकी प्रेमिका लिएर हिडेका हुन् । उनीहरुले तेज गतिमा गाडी चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उनीहरुको वास्तविकता खुलेको हो । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।

इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । किशोरले बुवाको भ्यान चोरेर प्रेमिका लिएर हिँडेका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *