Loading...
राजनीति

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन

congress

काठमाडौं, कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छन् । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । 

प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको जनाएको छ । यहि २९ गतेको कार्यक्रमलाई शुरु आतका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी जारी राख्ने निष्कर्ष निकालिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारि दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *