मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आवेदन आइएमई पेबाट गरिने

काठमाडौँ, आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने छ ।

दोस्रो भे#रियन्टको संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारणले हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।

आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खाता वाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने छन् साथै अन्यलमा आवेदन दिएकाहरुको लागो अर्को ब्यवस्था गरिने उल्लेख समेत गरिइएको छ ।

यो पनि पढ्नुहोस : को#रोनाबाट मृ#त्यु हुने चिकित्सकका परिवारले २५ लाख पाउनेः मुख्यमन्त्री राई

विराटनगर, प्रदेश १ सरकारले को#भिड का कारण मृ#त्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय भएको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले  को#भिड  को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण  मृ#त्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरिइएको छ ।

बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय समेत भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकि छिन् ।

संक्रमित भइ होम आ#इसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइ#सोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको उनले बताएकि छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *