Loading...
समचार

महिला सांसदलाई डिआइजीले नै हात हालेपछि….

police 1

काठमाडौ । लुम्बिनी प्रदेशमा आइतवार छिनछिनमा भएको राजनीतिक घटनाक्रम सोमवार भने उग्र भएको छ । केही महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले नै महिला सांसदलाई हात हालेको आरोप लगाएका छन् ।

आइतवार विपक्षी दलको विरोधका बावजुद शंकर पोखरेल मुख्यमन्त्रीको सपथ खान लागेपछि सांसदहरु विरोधमा उत्रिएका थिए । उनीहरु संसद भवन बाहिर धर्नामा बसेका थिए । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग गरेको उनीहरुको आरोप छ ।

भिडभाडमा महिला सांसदको संवेशदनशिल अंगहरुमा पनि छोइएको बताएका छन् । पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले महिला हिं #सा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले पत्रकार सम्मेलनमा बताइन् ।

महिला सांसदहरुको संवेदनशील अङ्गमा हात पात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौं’ क्षेत्रीले भनिन् ।

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक ल डा इँ लड्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *