माओवादी केन्द्रले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने

माओवादी केन्द्रले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने काठमाडाै, माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ ।

बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाइएको छ ।

हिजो बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले मेगा खबरलाई जानकारी दिए ।

सरकारलाई समर्थन नरहेको जानकारी गराउँदैछौ । ओलीको असंवैधानिक ढंगको संसद विघटनको विरुद्धमा हामी थियौँ र केपी ओलीलाई तात्कालिन नेकपाको अध्यक्ष र नेकपाको पार्टी सदस्यबाट निष्कासन गरिएको थियो’ पोखरेलले भने,

‘त्यतिबेलै दुई तिहाइ भन्दा बढी केन्द्रीय समिति सदस्यले ओलीको पार्टी मान्य नभएको र आधिकारिक पार्टी प्रचण्ड माधवले नेतृत्व गरेको पार्टी हो भनेर निर्वाचन आयोगमा भनिसकेका छौ ।

संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ रहेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले ​जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *