मानव शरीरमा पानी को फाइदाहरु

हाम्रो शरिरको लागि बढि आवश्यक नै पानी हो यसमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन । शरीरलाई चाहिने पानीको मात्रा चाहिने भन्दा कम भयो भने नराम्राे असर पुग्नेछ ।

शरीरका काेषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बाेकेर मुटुसम्म ल्याउन सक्दैन । मृगाैलाले तिनलाई राम्ररी छान्न सक्दैन । शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबकाे माध्यमबाट बाहिर निस्कन पाउँदैन ।

शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ । त्यसैले, हामीले पानी पिउने बानी गर्नुपर्छ तिर्खाले च्यापेपछि मात्रै होइन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्ने हुन्छ । भनिन्छ बाहिरि शरिर जति नुहायो उति सफा देखिन्छ, भित्रि शरिर जति सक्यो पानि धेरै खानाले सफा हुनेगर्छ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *