Loading...
Others

मिर्गौलाको पत्थरी हटाउने घरेलु उपायहरु

मिर्गौलाको पत्थरी

मिर्गौलाको पत्थरी विभिन्न कारणले हुनेगर्छ,आहार तथा फोहोर खाना र पानी यसका कारण बन्न सक्छने मुख्य कारण हो । 

विश्वभर मिर्गौलाको पत्थरी हुनेको संख्या व्यापक रहेको छ त्यसमध्ये धैरैलाई त पत्थरीबारे पत्तै हुन्न । त्यसैले, मिर्गौलाको पत्थरी निकाल्ने या पत्थर जम्ने जोखिम कम गर्ने सजिला घरेलु उपाय;

१, पानी; प्रशस्त पानी पिउनु मिर्गौलाको पत्थरी हटाउने सबैभन्दा उत्तम उपाय हो । बनेको पत्थरी हटाउने मात्र नभई पत्थरी बन्न नदिनका लागि दिनमा १२ गिलासभन्दा बढी पानी पिउनु राम्रो हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन र मिर्गौलालाई पनि स्वस्थ राख्छ । यसो गर्दा शरीरमा फोहोर जमेर बस्न पनि पाउँदैन । 

२, कागतीको रस ; कागतीमा पाइने साइट्रेट नामक तत्वले जमेर बसेको क्याल्सियमलाई तोड्न मद्दत गर्छ, र यसको बढ्ने गतिलाई पनि सुस्त गरिदिन्छ । खासमा पत्थरी भनेकै मिर्गौला या पित्तथैलीमा जमेर बस्ने क्याल्सियमको ढिक्का हो । मिर्गौलाको पत्थरी हटाउन हरेक दिन खानापछि कागतीको जुस पिउन सकिन्छ, या खानामै यसलाई सामेल गर्न सकिन्छ । 

३, तुलसी ; तुलसीको पातमा केही यस्ता तत्व हुन्छन्, जुन रगतमा युरिक एसिडको मात्रा स्थिर राख्न फलदायी छन् । यसबाट मिर्गौलामा पत्थरी बन्न पाउँदैन । तुलसीमा एसेटिक एसिड पनि हुन्छ । जो मिर्गौलाको पत्थरलाई घोल्न र बाहिर निकाल्न मद्दत गर्छ । दैनिक एक चम्चा तुलसीको रस पिउनाले मिर्गौलाको पत्थरी हटाउन सकिन्छ । 

४, गहुँको जमराको जुस ; गहुँको जमराको जुुुसमा केही यस्ता तत्व हुन्छन्, जसले पिसाब बनाउन मद्दत गर्छन् । जमराको जुसले मिर्गौलामा रहेको पत्थरी पिसाबको माध्यमबाट निकाल्न मद्दत गर्छ । गहुँको जमरामा एन्टी–अक्सिडेन्ट्स हुन्छन्, जो मुत्रनलिमा जमेको क्याल्सियमलाई हटाउन मद्दत गर्छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *