Loading...
समचार

मैले माधवलाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र? भन्दै ओलीले नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने गरे यस्तो खुलसा

politics

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेतालाई व्यंग्य हानेका छन् ।

आजको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एकजना मान्छे प्रचण्ड र देउवाको पिक्षा लागेको कुरा सुनेको बताएका छन् । नेपाल पतन भइसकेको लाजसरम भएको नभएको मान्छेलाई नचिन्ने बताएका छन् । आफ्नो पार्टीको सरकारलाई ढाल्न खोज्ने नेपाललाई अब नचिन्ने बताएका छन् ।

कांग्रेस र माओबादी केन्द्रसंग लागेर नेपाल पतन भइसकेको दावी गरे । नेपाली राजनीतिमा अब देउवा प्रचण्ड र नेपालको कुनै अर्थ नभएको बताएका छन् । देउवा प्रधानमन्त्री बन्न दिउसै सपना देखेको आरोप लगाए । दिउसै सपना देखेर कहिले पनि पुरा नहुने भन्दै ओलीले अब नेपाललाई एमालेमा अटाउन नसक्ने बताए ।

माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्दै झुटो बोल्दै आएको दावी गरे । उनले भने, “मलाई बौहाला कुकुरले टोटेको छ र माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राख्नलाई । उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए ।

मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्’, ओलीको भनाई छ । उनले काँग्रेस के कारण आन्दोलनमा उत्रिएको भन्दै प्रश्न समेत गरे ।

उनले केही मानिसहरुमा विचार उदेश्य हराएको भन्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरेका छन् ।

त्यस्तै उनले नाथुराम गोड्सेको खोजी गर्ने काँग्रेसले प्रचण्ड पथ अँगालेको आरोप पनि लगाए । ‘प्रचण्डपथ यति व्याप्त भैसक्यो त्यसलाई काँग्रेसले अंगालेपछि । कोर्टमा पनि चर्चा भयो । आश्चर्य लाग्छ । सर्वोच्च अदालतले हिंसालाई दुरुत्साहन गर्ने काम गर्दा रोक्ने काम गरेन ।

न्यायमुर्तीहरुले त्यो सुझाव पनि राख्न सक्नुहुन्न र?’, ओलीले प्रश्न गरे । उनले राजनीतिलाई संसदबाट निरुपण गर्न नसक्नेहरु अदालतमा प्रधानमन्त्री बनाइ माग्न गर्नेहरुले अग्रगमनको कुरा गर्नु गलत अभ्यास हुन थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *