यदि यो भागमा कोठी छ भने दाम्पत्य जीवन एकदमै दुखि रहन्छ

एजेन्सी यो भागमा कोठी छ – मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स नः Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।

शरीरको कुन भागमा कोठी भए के हुन्छ ?

मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बताउदै छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत ! यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।

कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।

देब्रे(बायाँ) आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झ’गडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ । दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ । देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन । ओठमा कोठी हुने मान्छे बढी उ’त्तेजक हुन्छन र यिनीहरुको मन् खाली का’मवासनासम्बन्धि कुराहरुमा मात्रै अ’ड्कि रहन्छ ।

कानमा कोठी हुनु भनेको अल्पायुमै निधन हुने अर्थात् कम उमेरमा नै निधन हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।

गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि । दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।

दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झ’गडालु हुन्छन भन्ने संकेत हो ।जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।

दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झ’गडा भइ रहन्छ ।

कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग ल’डिरहनु पर्छ भन्ने कुराको संकेत हो । पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन । पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।

दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो । जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ । दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *