Loading...
विदेश

यिनी हुन् विश्वकै कान्छा प्रोफेसर, १४ वर्षको उमेरमा बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्

saturday

एजेन्सी विश्वकै कान्छा प्रोफेसर। सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ । १४ वर्षका बालक विश्वविद्यालयका प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।

गणित विषयमा विशेष दख्खल भएका उनी अहिले विश्वविद्यालयमा पढाउँछन् । उनलाई मानव क्याल्कुलेटरको उपमा दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *