Loading...
चाखलाग्दो कुरा

र#क्सी ‘धोकेर’ पि#ट्ने श्रीमानलाई छोडेर छोराछोरी पाल्न मकै बेच्छिन् , अमला

amala

नानी, दुई वटा मकै किनिदेउ न, खाइदेउ न,’ भक्तपुरको मगरगाउँ चोकमा ठेलामा मकै बेचिरहेकी एक महिलाले यस्तो आग्रह गर्दा झट्ट रिस उठ्यो । अनि आफैं प्रश्न जन्मियो पनि, ‘एउटा किने भइहाल्छ नि, किन दुई वटा किन्नु ?’

‘भोलि विहानसम्मका लागि तरकारी किन्ने पैसा पुग्थ्यो भनेर,’ यति भनेर ती महिला रुन थालिन् । उनको आँसुले मलाई पनि नरमाइलो महसुस गरायो ।

अनि सुरु भयो, हाम्रो कुराकानी ।

कुराकानीको सुरुमा उनीसँग मैले सोधिनँ, उनको नाम । बरु उनैले भनिन्, ‘यहाँ मकै बेच्न थालेको तीन वर्ष भयो । छन त मेरो पनि सिन्धुपाल्चोकमा सम्पत्ति छ, तर त्यसलाई आफैंले उपयोग गर्न पाएको छैन ।’

अनि उनले भनिन्, ‘मेरो नाम हो, अमला गिरी ।’

२०७२ साल वैशाख । विनाशकारी भूकम्पले हजारौँ नेपालीको सपनालाई विचलित बनायो । अमलालाई पनि यसले झन् विक्षिप्त बनायो । आफूले काम गर्न छाडेका छोराछोरीको खोजीमा लाग्न थालिन् उनी ।

‘७ वर्षपछि मैले छोराछोरी भेटेँ,’ अमला फेरि सुँक्क सुँक्क गर्न थालिन्, ‘छोरीलाई निकै यातना दिएका रहेछन्, मसँग भेटेपछि रुन थालेकी छोरी रोएको रोए गर्न थाली ।’

भूकम्पमा छोराछोरीको ज्यान सुरक्षित रहेको कन्फर्म गरेर फर्किएकी अमलालाई अब निद्रा आउन छाड्यो । ‘आफ्ना सन्तानको त्यो हालत देख्दा म कसरी सुत्न सक्थेँ,’ अमलाले प्रश्न गरिन् ।

तर, कुनै उत्तरको अपेक्षा गरिएको प्रश्न थिएन यो, अनि उनी नै अगाडि बढिन् ।

त्यसको केही दिनमा अमलाले एउटा ठेलागाडामा व्यापार गर्ने योजना बनाइन् । इँटा बोकेको, बालुवा चालेको र अर्को एउटा घरमा लुगा धोइदिएको पैसा जोडजाड पारेर अमलाले ५० हजार जोगाएकी थिइन् । त्यही लिएर उनले आफ्नै व्यवसाय गर्ने योजना बनाइन् ।

अनि छोराछोरीसँग फेरि सल्लाह गर्न पुगिन् । छोराले पनि अमलालाई साथ दिने भए । ‘अनि मैले ठेलामा मकै बेच्न थालेँ,’ अमलाले भनिन्, ‘जेठोलाई होटलमा काम छोड्न दिइनँ, हामी बस्न चाहिँ सँगै बस्न थाल्यौँ ।’

अरु सब पीडा भए पनि अमलाले छोराछोरीसँग सँगै बस्न त पाएकी छु भन्ने सोच्न थालिन् । अनि प्रत्येक दिन विहान चार बजे उठेर कालिमाटी पुग्न थालिन्, मकै किन्न ।

आजभोलि अमलाले कालिमाटीबाट दैनिक सय गोटा मकै ल्याउँछिन् । ‘दाउरा पनि किन्नु पर्छ, मकै पनि,’ अमलाले भनिन्, ‘सबै जोडजाड पार्ने हो भने एउटा मकैमा हाम्रो २० रुपैयाँ पर्छ ।’

दैनिक ६०–७० गोटासम्म मकै बेच्ने अमलाले एउटा मकैमा पाँच देखि १० रुपैयाँ नाफा कमाउँछिन् । ‘बिक्री भएको दिन त ठिकै हो,’ अमलाले भनिन्, ‘३० वटा मकै पनि बिक्री भएन भने भोलि के खाने भन्ने समस्या हुन्छ ।’

तीन वर्षयता कहिलेकांही तरकारी किन्ने पैसा जुटाउन पनि सकेकी छैनन् अमलाले । तर, जे जति कमाएकी छिन्, त्यसमा चाहिँ खुसी छिन् । योबीचमा उनले जेठो छोरालाई वैदेशिक रोजगारीका लागि कतार पठाएकी छिन् ।

जेठो छोराले पनि अब अमलाका अरु दुई सन्तानको पढाई र अरु खर्चमा सहयोग गर्न थालेका छन् । त्यसैले अमला खुसी छिन्, विगतका पीडा बिर्सिएर ।

‘कम्तिमा र#क्सी धोक्ने श्रीमानको ह#प्की र ख#प्की, कु#टाइ खानु त परेको छैन,’ अमलाले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *