राष्ट्रपतिले राखेका यस्ता ४ प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरिदिए, नेकपाको विवाद मिलाउने राष्ट्रपतिको अन्तिम प्रयास पनि असफल

काठमाडौ प्रचण्डले ठाडै अस्वीकार। सत्तारुढ दल नेकपामा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार लगभग पार्टी सचिवालय बैठक राखिएको समयमै मन्त्रीपरिषदको बैठक आयोजना गरेका छन् । बैठक टार्दै आएका ओलीले सचिवालय बैठककै समयमा मन्त्रीपरिषद् बैठक बोलाएका छन् । उनको यो निर्णय पछि फेरी नेकपामा तरंग उत्पन्न भएको छ ।

प्रचण्डले निर्णायक कदम चाल्ने भन्दै समाचार बाहिरिएकै बेला नेकपाभित्रको विवाद साम्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रयास गरेकी छन् । उनले प्रचण्डलाई मंगलवार निवासमा बोलाएर छलफल गरेकी थिइन् । तर उनको प्रयास पनि सफल हुन नसकेको संकेत देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली सरकार सञ्चालन गर्न असफल भएको र पार्टी पनि राम्रोसँग चलाउन नदिएको भन्दै राजीनामा दिएर निकास दिनु पर्ने प्रस्ताव सचिवालय बैठकमा ल्याएका थिए ।

उनको सो प्रस्ताव पछि नेकपाका नेताहरुबीचको दुरी थप बढेको थियो । प्रचण्डको त्यस्तो प्रस्ताव वैठकमै आएपछि ओलीले वामदेव गौतम, माधवकुमार नेपाल लगायतका नेताहरुसंग पनि छलफल गरेका थिए । तर उनीहरुले पनि प्रचण्डको प्रस्तावमा आफुहरुको पनि समर्थन रहेको बताएपछि ओली थप अप्ठेरोमा परेका हुन् ।

प्रचण्डसंग राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितीमा नयाँ सहमति गर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ । त्यस्तै भदौमा भएको सहमति अनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका खेल्न र एक वर्ष पछि प्रचण्डलाई प्रधानमन्त्री बन्न राष्ट्रपति भण्डारीले सुझाव दिएको बताइएको छ ।

महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्न पनि राष्ट्रपति भण्डारीले सुझाव दिएको बताइएको छ । महाधिवेशन पछि बन्ने अध्यक्षका लागि ओलीको पनि समर्थन रहने भण्डारीको भनाई थियो ।

राष्ट्रपतिको यस्तो प्रस्तावमा पनि प्रचण्डले असहमति जनाएका छन् । उनले अब धेरै ढिलो भइसकेको भन्दै ओलीले अहिले नै कम्तिमा एक पद छोड्नु पर्ने अडान राखेको स्रोतले जनाएको छ । अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुन पद छोड्ने त्यो ओलीलाई नै रोज्न दिने र ओलीले छोडेको पद आफुले लिने प्रचण्डले बताएका थिए ।

उनले राष्ट्रपतिसंग भएको कुराकानीका बारेमा माधव नेपालसंग पनि कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठककै समयमा मन्त्रीपरिषद बैठक बोलाउनुलाई उनी एक पद छोड्न राजि नभएको भन्ने बुझिएको प्रचण्ड पक्षका नेताहरुको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *