राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालको लागि स्थगित

काठमाण्डाै, राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम को#रोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले मेगा खबरलाई जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । को#रोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताएका छन् ।

१२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका हुन् । अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०१० वर्षमा जनगणना हुँदै आइएको छ ।

यो पनि पढ्नुहोस् : बढ्यो सुनको मूल्य

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।

गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ ।

गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *