रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँ सहित फिर्ता

नेपालगञ्ज उपमहानगरपालिका १४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँ सहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता दिए ।

भारतबाट घर फर्कने क्रममा सोमबार घोराही उपमहानगरपालिका ५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी दिए । पैसा सहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे १ ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको थियो ।

रिक्साचालक बर्मालाई प्रहरीले सम्पर्क गरी रकम सहितको झोला मगाएको थिए । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरे, प्रविधिको प्रयोगबाट नगद सहितको झोला हराएको केही बेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *