लामो खुट्टा भएकी किशोरीले बनाइन् दुईवटा विश्व रेकर्ड (भिडियो हेर्नुस्)

काठमाडौ । संसारमा प्रकृतिले कसैलाई अनौठो प्रतिभा दिएको हुन्छ । कसैलाई भने प्राकृतिक रुपमा नै अनौठो रुप रंग । एक जना युवतीले विश्वमै लामो खुट्टा वरदान पाएकी छन् । लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाएकी छिन्।

१७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राख्न सफल भएकी हुन्। यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

उनको खुट्टा ५३ इन्चको छ। उनको उचाई भने ६ फुट १० इन्च हो। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर छन्। यस्तै इन्स्टाग्राममा उनलाई ५० हजारले फलो गरेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *