विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौँ, नेपाली कांग्रेसले बागमती प्रदेशका आफ्ना सांसद नरोत्तम वैद्यलाई प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ ।

प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । नेपाली कांग्रेस प्रस्ट छ, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन, प्रवक्ता शर्माले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन

शान्तिपूर्ण राजनीतिको शालीनता सडकमा समेत संयम अपनाउनु हो भन्दै उनले संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने उल्लेख गरेका छन् । हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरूलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।

विज्ञप्तिमा भनिएको छ,पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको ह,त्या गरेका थिए ।

congres

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *