Loading...
समचार

विवादित कार्यक्रम अघि बढाएको भन्दै अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्र#हार

bishnu poudel

काठमाडौं, रुपन्देहीको मोतिपुर बन्‍ने भनिएको औद्योगिक करिडोरको शिलान्यास गर्न गएका अर्थमन्त्री विष्णु पौडेल लक्षित ढुंगा प्र”हार भएको छ ।

विवादित कार्यक्रम अघि बढाएको भन्दै गाडी लक्षित ढुंगा प्र#हार भएको हो । अहिले स्थानीयले नारा#बाजी गर्दै त”नावको स्थिति भइरहेको छ । केही प्रहरीहरू घा#इते भएका छन् । पौडेल हिजो मात्र माधव नेपाललाई सत्तोसराप गर्दै संसद पुनस्थापना पछि सार्बजनिक रुपमा बोलेका थिए । 

अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको थियो ।

स्थानीयले हिजो दिउँसो भ#त्काएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्‍च र शिलालेख स्तम्भ भत्काएका थिए ।

बिहीबार दिउँसो पुगेको समूहले आयोजनाका कर्मचारी तथा मञ्‍च निर्माण गरि रहेका कामदार माथी हुल#हुज्जत गरि कार्यक्रमका लागि तयार गरिएको टेण्ट भत्काएको आयोजनाले जनाएको छ ।

करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरिएको उक्त करिडोरमा झण्डै ३ सय घर परिवार प्र#भावित भएको पीडित मध्येका बाबुराम घिमिरेले बताए । उनले भने “अहिले सुरक्षाकर्मी लिएर शिलान्यास त गरिएला तर हामीलाई घरवार विहीन बनाएर उद्योग कसरी चल्न सक्ला त्यो पनि हामीले हेर्ने छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *