Loading...
चाखलाग्दो कुरा

विहे भएकै दिन श्रीमान, सासु–ससुरासहित घरका सबैलाई आफ्नो बशमा पार्न के गर्नुपर्छ ?

family

काठमाडौं । हरेक केटीको चाहना हुन्छ कि विवाह पछि श्रीमान् , सासु, ससुरा, देवर, नन्दसहित सबै ठूला र साना व्यक्तिले माया गरुन् । तर के राम्रो गृहणी बन्न सजिलो छ ? राम्रो गृहणी बन्ने यात्रा धेरै लामो हुन्छ ।

महिलाहरूलाई सबैको मन जितेर राम्रो गृहणी बन्न वर्षौं लाग्छ । यदि तपार्इ विवाह गर्ने बित्तिकै राम्रो र सफल गृहणी बन्ने सोचमा हुनुहुन्छ भने के गर्नुपर्ला ? तपाईले अहिले नै यसका लागि तयारी सुरु गर्न सक्नुहुन्छ ।

सत्य यो हो कि असल गृहणी बन्नु भनेको कुनै चुनौती भन्दा कम हुँदैन । एक सद्गुणी गृहणीले आफ्ना गुणहरू, स्वभाव र संवेदनशीलताले घरलाई स्वर्ग बनाउँछिन् । तर केहि चीजहरूको ध्यान दिए, तपाईंले पनि सबैको मन जित्न सक्नुहुन्छ ।

यस्तो अवस्थामा, यो महत्त्वपूर्ण छ कि अबदेखि, तपाईं आफ्नो साना–साना बानीहरूलाई जीवनमा प्रयोग गरेर एक सफल गृहणी बन्न सक्नुहुन्छ । आज हामी त्यसैका बारेमा जानकारी दिन गइरहेका छौं ।

यो सम्भव छ कि माइतीमा तपाईं कसैको कुरा सुन्नुहुन्न, आफ्नै तरिकाले सोचविचार गर्नुहुन्छ । वा परिवारमा स्वतन्त्रता चाहानुहुन्छ, तर यी सबै व्यवहार विहेपछि सासू ससुरासँग काम लाग्दैन् । विहे गरेको घरमा जाँदा कुनै काम गर्न मान्नु भएन् भने बहस सिर्जना हुन सक्छ ।

घरमा भएका ठूला र साना सदस्यहरूलाई सुनेर बुझ्ने प्रयास गर्नुहोस् । धैर्यतापूर्वक सासु ससुराको कुरा सुन्नुहोस् । सासु र ससुराको कुरा सुनेर रिसाउने बानी गर्नु हुँदैन । यदि तपाईंलाई केहि मनपर्दैन भने, यसलाई फरक दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नुहोस् ।

तपाईंले आफ्नो छनौटलाई प्राथमिकता दिनुको सट्टा आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीको ईच्छालाई ध्यान दिनुहोस्, ताकि तपाईको ससुरालीको घरमा कुनै कठिनाई नहोस् ।

यदि कोही घरमा आउँछ भने, जिद्दी नगर्नुहोस् कि तपाईं आफ्नो ओछ्यानमा सेयर गर्न सक्नुहुँदैन् । यदि तपाईं राम्रो गृहणी बन्न चाहानुहुन्छ भने तपाईको हृदय अहिलेको भन्दा ठूलो बनाउनुहोस् । खुशीका कुराहरु अरुसँग साझा गर्ने बानी बसाल्नुहोस् ।

यदि त्यहाँ केहि एउटा सानो कुरा छ भने, सोच्नुहोस् कि त्यसलाई कसरी सबैसँग बाँड्न सकिन्छ । किनकि तपाईंले यी सबै चीजहरू तपाईको विहेको घरमा व्यवहारमा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *