Loading...
चाखलाग्दो कुरा

शरीरको यी भाग फर्फराए हुन्छ घरजग्गा र धनलाभ !

यी भाग फर्फराए

काठमाडौँ यी भाग फर्फराए – सामुद्रीक शास्त्र अनुसार शरीरको अंग फर्फराउँदा यसलाई भविष्यका सम्भावित घटनाको मान्ने गरीन्छ ।यस्ता संकेत कुनै राम्रा र कुनै नराम्रा पनि हुने गर्दछन् । आज हामी शुभ संकेत गर्ने शरीरका अगंका बारेमा चर्चा गर्दैछौँ-यदी तपाईको टाउकोको भाग फर्फराएको छ भने समुन्द्र शास्त्र अनुसार यसले घरजग्गा लाभ प्राप्त गर्ने संकेत गर्दछ ।

साथै सफल हुने सम्भावना मानिन्छ । यदी तपाईको हात फर्फराएको छ भने खुसी हुनुहोस्, तपाईले चाँडै धन प्राप्त गर्ने योग बनेको छ । समुद्र शास्त्र अनुसार हात फर्फराउनु शुभ संकेत हो ।सामुद्रीक शास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो ।

अर्थात् तपाईं चाँडै संर्घषशील कार्यमा विजयी रहनु हुनेछ ।यदि तपाईंको निधार फर्फराएको छ भने जागिरमा प्रमोशन प्राप्त हुने वा मानसम्मान प्राप्त गर्ने समय आएको छ । यो स्थान परिवर्तनको समेत सूचक हो ।-एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *