शारिरीक तन्दुरुतीका लागि महिलाको रोजाईमा फिटनेश सेन्टर

काठमाडौ । अरुले भनेको सुनेका भरमा जिम गर्न थालेकी नेपाल बैककी अधिकृत उशा नेपाल सापकोटाको जिम गर्नु अहिले दैनिकी नै बनेको छ । काठमाडौको तीनकुने स्थित अलाईभ फिटनेश सेन्टरमा उनी दैनिक व्यायामका लागि आउने गरेकी छिन् । सुनेका भरमा जीम गर्न थालेकी उनको जीम, अहिले स्वास्थ्य र दैनिकीसँग जोडिएको छ । आफ्नो शरीरलाई कसरी स्वास्थ्य राख्न सकिन्छ अहिले उनमा चिन्ता र चासोको विषय बनेको छ बिहान बेलुका ।

तर,उनमा रहेको चिन्ता बिस्तारै हराउदै जान मद्दत पु¥याएको छ सन्तुलन फिटनेशले । दुई महिनादेखि फिटनेस सेन्टर जान थालेकी उनको तौल ह्वात्तै घटेपछि उनी एकाएक खुशी मात्र हैन दंग समेत परेकी छिन् । नियमित व्यामका कारण शरीरको तैल घटेपछि सापकोटा भन्छिन्–‘जीम गर्नु स्वास्थ्यका लागि सबैभन्दा लाभदायक रहेछ, मैले जीम गर्न थालेपछि आफ्नो शरीरको तौल त घटेको छ नै आफैलाई आफ्नै शरीरको बढी माया लाग्ने गरेको महसुस पनि गरेकी छु ।

विगत अढाई महिनादेखि व्यायामका लागि अलिभ फिटनेश जाने गरेकी अग्रवाल दुई महिनामा २० केजी तौल घटेपछि अहिले उनी निक्कै खुशी छन् । गृहस्थी जीवन बिताउँदै आएकी उनको तौल ९५ केजी हुँदा दैनिक कामकाज गर्न असहज महसुस भएको थियो । ‘अहिले २० केजी तौल घट्दा नयाँ जीवन पाएजस्तै अनुभव भएको छ ।’ आफ्नौ शरीरको तौलमा यति छिटो परिवर्तन आउँछ भनेर कहिलै नसोचेको उनी सुनाउँछिन् । फिटनेश सेन्टरलाई धन्यवाद दिँदै उनी भन्छिन्– ‘मजस्ता धेरै महिलाले यहाँ आएर आफ्नो शरीरको तौल मात्र घटाएका छैनन्, शरीरलाई समेत तन्दुरुस्त राखेका छन् ।’

फिटनेश सेन्टरमा गृहिणीदेखि विद्यार्थीसम्म आउने गरेको अलाईभ फिटनेश सेन्टरकी सञ्चालक देवकी राई बताउँछिन् । त्यसो त फिटनेश सेन्टरकी सञ्चालिका स्वयं दक्षता हासिल गरेर यस क्षेत्रमा प्रवेश गरेकी महिला उद्यमी हुन् । बढीमा ४ लाखको लगानीमा सञ्चालनमा ल्याईएको सो फिटनेश सेन्टरमा अहिले एकै पटक जीममा २० जना, डान्स र योगामा २० जना गरी झण्डै ४० जना देखि ४६ जनाले सेवा लिन सक्छन् ।

जीम सेन्टरमा योगा, एरोबिग्स, मोडर्न जीम, क्लीजिङलगायतको व्यवस्था रहेको छ । शहरी क्षेत्रका महिलाहरुको खानपान र जीवन जीउने शैलीका कारण अनेक प्रकारका रोग लाग्ने गरेकाले तिनको निधानका लागि पनि जीम सेन्टर अति उत्तम भएको सञ्चालक राईको दावी छ । अझै पनि हाम्रो समाजमा चेतनाको कमीका कारण महिलाहरु भान्सामै सीमित हुने गर्दछन् । ‘शरीर स्वस्थ राख्न व्यायाम आवश्यक छ तर अधिकांश महिलाले त्यो बुझेर पनि गरिरहेका छैनन् । नेपालका विभिन्न सहरहरुमा फिटनेश सेन्टर सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *