संसारकै सबैभन्दा महँगो चकलेट जसको खोल समेत सुनै सुनबाट बनेको छ, मूल्य सुनेर तपाई छक्क पर्नुहुनेछ

एजेन्सी । संसारकै सबैभन्दा महँगो चकलेटको मूल्इ कति पर्ला ? १ हजार ५ हजार वा १० हजार ? तपाईहामीलाई पत्याउने मुस्किल पर्ने चकलेट पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा प्रर्दशनमा राखिएको छ । जसको मूल्य ७७ सय २८ युरो अर्थात् झण्डै १० लाख रुपैयाँ तोकिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

चकलेटको खोल समेत सुनबाट बनेको यो चकलेटको खोल पनि खान मिल्ने सुन भएको कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार यो चकलेट जम्मा १ हजारवटा उत्पादन गरिएकोमा एउटा मात्र प्रदर्शनीमा राखिएको थियो ।

जुन चकलेटले विश्वको सबैभन्दा महँगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन पनि सफल भएपछि अहिले विश्वचर्चित बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *