सकियो बालुवाटारको बैठक, शीतल निवासबाट फर्किए प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक को#भिड नियन्त्रणका विषयमा छलफल गरेर सकिएको छ ।

बैठक सुरु भएको केही समयमा नै सकिएको स्थायी सदस्य सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार बैठक राजनीतिक विषयमा भन्दा को#भिड नियन्त्रणका विषयमा केन्द्रित थियो । कोरोना नियन्त्रणमा सरकार गम्भीर रुपमा लग्न बैठकले निर्देशन दिएको उनले बताए ।

सरकारले अहिले काम पनि गरिरहेको छ । अझ गम्भीर ढंगले लाग्नुस भनेर बैठक सकिएको छ, उनले भने । बैठकमा लुम्बिनी प्रदेशमा देखिएको घटनाक्रमका बारेमा समेत छलफल भएको छ ।

अविश्वासको प्रस्ताव पेश भएपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । त्यसै सिलसिलामा प्रधानमन्त्री ओलीले बैठकमा ब्रिफिङ गरेको नेम्वाङले मेगा खबरलाई बताए । बालुवाटारमै बसेको बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको थियो ।

स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरिएको थिएन ।

स्थायी किमटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

यो पनि पढ्नुहोस् : शीतल निवासबाट फर्किए प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेर फर्केका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ताको बिस्तृत विवरण आउन बाँकी रहेको छ । बालुवाटारमा एमाले स्थायी कमिटि बैठक सकिए लगत्तै प्रधानमन्त्री शीतल निवास गएका थिए ।

यसै बैठकमा लुम्बिनीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा भएकाे थियो । प्रधानमन्त्रीले आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *