सबै आन्तरिक उडानहरु बन्द

काठमाण्डाै – सबै आन्तरिक उडानहरु बन्द भएका छन् । को#रोना भाइ#रसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरिइएको छ ।

सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारत बाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् ।

सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ । भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ ।

उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेकाे होटेल क्वरेण्टीनमा बस्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस : ओत लागेर बसेको ढुङ्गा माथिबाट खस्दा एक युवाको मृ#त्यु

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृ#त्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृ#त्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृ#त्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्या#पिएर घटनास्थलमै मृ#त्यु भएको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *