सरकारको विज्ञप्तिले त्रासै त्रासै झनै फैलायोः वर्तमान पुन

काठमाडाै, नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको छ ।

उनले को#रोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाई रहेको छ ।

सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए । उनले भने, आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैर जिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन ।

यस कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्योपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ । नेता पुनले को#रोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्ध स्तरमा काम थाल्नुपर्ने बताएका छन् ।

सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै को#रोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार को#रोना संक्रमण डरलाग्दो गरी फैलिएको र को#रोना नियन्त्रण सरकारको पहुँच बाहिर पुगेको भन्दै विज्ञप्ति निकालिइएको समेत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *