उपप्रधानमन्त्री पाेखरेल : सरकारले लागू गरेकाे नि#षेधाज्ञा कुनै राजनीतिक उद्देश्य छैन

काठमाण्डाै, उपप्रधानमन्त्री तथा को#भिड रो#कथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सरकारले लागू गरेकाे निषे#धाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएकाे बताएका छन् ।

शुक्रवार हामीसँगकाे कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा नागरिककाे स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि भएकाले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे । अहिले नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पोखरेलले बताए ।

यसैबीच उनले को#रोनाविरुद्ध लड्नु सबैको साझा दायित्व भएको बताका छन् । उपप्रधानमन्त्री पाेखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरे । को#रोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने उनकाे भनाइ छ ।

अहिले लागू भएको निषेधाज्ञा को#रोना सङ्क्रमणको फैलँदो अवस्थाको ‘चेन ब्रेक’ गर्न भएको उनले बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न उनकाे आग्रह समेत गरिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *