सरकार र किसानबीच उधारो सम्झौता भएको खबर सुनेर उखु किसानलाई हृदयघात, उपचारको क्रममा मृत्यु

काठमाडौ । उँखु मिलवाट करिब २५ लाख रुपैया लिन बाँकी रहेका एक किसानको हृदयघातका कारण निधन भएको छ । सरकार र किसानबीच उधारो सम्झौता भएर आन्दोलन रोक्ने सहमति भएको थाहा पाएपछि उनलाई हृदयघात भएको बताइएको छ । बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसानको उपचारका क्रममा निधन भएको हो ।

सर्लाहीका नारायणराय यादव (भगत) को निधन भएको हो । उनले उँखु मिलका मालिकसंग २५ लाख रुपैया बक्यौता लिन बाँकी थियो । सरकार र किसानबीच उधारो सम्झौता भएको थाहा पाएपछि उनलाई हृदयघात भएको बताइएको छ ।

उनी बक्यौता रकम नलिई घर नफर्कने भन्दै काठमाडौ आन्दोलन गर्न आएका थिए । जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? भनेर प्रश्न गरेको बताए ।

आफुले बक्यौता रकम जसरी पनि उपलब्ध गराउँछौं भनेर आफुले शान्त पार्ने प्रयास समेत गरेको बताएका छन् । त्यती धेरै पैसा बक्यौता रहेका उनी निकै तनावमा थिए । विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो ।

अघिल्लो राती आफुले शान्त्वना दिएका उनको विहान अचानक ट्वाइलेटमा लडेर बेहोस भएको खबर पाएको उनले बताए । केदारनन्दले भन्, म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।

विहान अचानक छाती दुख्यो भनेर ट्वाइलेट गएका भगत शौचालयमै ढलेका थिए । तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गरिएका भगतलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गरेका थिए । त्यहाँ नै उपचारको क्रममा उनको निधन भएको हो ।

भुक्तानी रकम नपाएपछि भगतले खेती र घरपरिवार चलाउनका लागि उनले साहु महाजनबाट ऋण पनि लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *