Loading...
मनोरंजन

सामाजिक संजालमा हिट प्रियंका कार्की, हेरौं फ्यानले रुचाएका २० तस्विर

priyanka karki

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् ।

उनको हाल इन्टामा १० लाख भन्दा बढी फलोर्अस रहेको छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण केही समय उनी चर्चामा रहिन् । पछिल्लो समयमा उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो ।

Priyanka Karki 9

उनी आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् । प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ ।

हेरौं उनले शेयर गरेका केही तस्वीरः

अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो ।

Priyanka Karki 8

प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् ।

Priyanka Karki 7

प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् । प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।

प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् ।
प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ ।

Priyanka Karki 6

७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए । प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भईन् ।

Priyanka Karki 5
Priyanka Karki 4
Priyanka Karki 3
Priyanka Karki2
Leave a Reply

Your email address will not be published. Required fields are marked *