Loading...
समचार

सार्वजनिक यातायातमा अनलाइन मोनिटरिङ

सार्वजनिक यातायातमा

काठमाडौँ सार्वजनिक यातायातमा — लामा दूरीका सवारीमा लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको छ । लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बिहीबार मन्त्रालयमा उक्त सिस्टमको उद्घाटन गरिएको छ  ।

 यातायात क्षेत्रलाई बदलिँदो परिस्थितिमा व्यवस्थित गर्न उक्त प्रणालीले ठूलो सहयोग गर्ने उनले जानकारी दिए । सार्वजनिक यातायातलाई नवीनतम रूप दिँदै आधुनिक प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्छ  मन्त्री नेम्बाङले भने यस क्षेत्रलाई सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक छ । यातायात क्षेत्रका धेरै अधिकार प्रदेश अन्तर्गत छ ।

कानुन अनि नीति तर्जुमा भइरहेका केही नीतिगत कुरा संघमा पनि छ । सार्वजनिक यातायातलाई एकीकृत, पारदर्शी, प्रविधिमैत्री र भरपर्दो बनाउन यातायात प्राधिकरणको परिकल्पना गरिएको उनले बताए । सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा प्रस्तुत भएको हो ।

मोनिटरिङले अनलाइन यातायातको व्यापारलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘यसले कुनै घोटाला हुन दिने छैन,’ मन्त्री नेम्बाङले भने, ‘कुन गाडी कहाँ आयो, कहाँ जाँदै छ, सबै थाहा हुनेछ । सिस्टमले सार्वजनिक सवारी चलाउने व्यवसायीलाई निर्धक्क बनाउने, त्यसमा कार्यरत कर्मचारीलाई ढुक्क बनाउने र यात्रुलाई भरपर्दो र सुरक्षित बनाउने उनले बताए छन् ।

सबै सार्वजनिक यातायातमा अनलाइनबाटै टिकट लिने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सम्बन्धित गाडी कम्पनीले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्नेछ,’ उनले भने, ‘काउन्टरमा भीड गरेर टिकट लिनुको सट्टा घरमै बसेर अनलाइनबाटै लिने व्यवस्था हुनेछ ।’ यसो गर्दा यात्रु नठगिने र सहज हुने उनको भनाइ छ ।

यो सिस्टम लागू हुँदा व्यवसायीको खातामा सिधै पैसा जानेछ । ‘कोभिड–१९ को महामारीका बेला यो सिस्टम लागू गर्न हामी हतारिएका हौं, किनकि अनलाइनबाट सेवा उपलब्ध हुँदा कोभिडको जोखिम कम हुन्छ,’ उनले भने । यो सिस्टमबाट टिकट काट्न मिल्दैन । अनलाइनबाट टिकट काट्ने सिस्टम व्यवसायी आफैंले राख्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *