सिंगटी हाइड्रोको शेयर पहिलो दिनमै सर्किट लेभलमा कारोबार

कारोबार खुलेको पहिलो दिननै सिंगटी हाइड्रो इनर्जी (SHEL) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।बुधबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिशेयर ३३० रुपैयाँ पुगेको हो ।

नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर उच्च विन्दु अर्थात ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनी ५ लाख ६४ हजार कित्ता शेयरको लागि माग रहेको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।

आज कम्पनी १२० कित्ता शेयर खरिद बिक्री भएका ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस् : नेपाल प्रवेश गर्न विदेशी नागरिकले पालना गर्नुपर्ने ३ सर्त

काठमाडाै, सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ ।

को#रोना महा#मारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको ने#गेटिभ पी#सीआर रिपोर्ट, क्वारे#न्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरेको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको हो ।

भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइएको छ । त्यसका लागि चाहिने बजेट अर्थ मन्त्रालयले निकासा दिने निर्णय भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *