सिमा विवादमा सेनापति थापाले यस्तो स्पष्ट भनाई भारतीय सेनाप्रमुखसँग राखेका थिए

काठमाडौ सिमा विवादमा सेनापति। नेपालले नयाँ नक्सा जारी गरे पछि फेरीएको नेपाल भारत सम्बन्धका बीच नेपालको तीन दिने भ्रमणमा आएका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे समक्ष नेपाली सेना प्रमुखले सिमा विवाद र नेपालको सार्वभौमिकता सम्बन्धी स्पष्ट अडान राखेको खुलेको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि नरवाणेले चीनको उक्साहटमा नेपालले त्यस्तो निर्णय गरेको प्रतिकृया दिएका थिए ।

भारतीय सेना प्रमुखले त्यस्तो प्रतिकृया दिए पनि नेपाली सेनाले त्यसको खण्डन र प्रतिकार नगरेको भन्दै आलोचना भएको थियो । तर तत्काल प्रतिकृया नजनाएका नेपालका सेना प्रमुख (प्रधानसेनापति) पूर्णचन्द्र थापाले नरवाणेको भ्रमणका क्रममा आफ्नो स्पष्ट भनाई राखेको बताइएको छ ।

कुटनीतिक मर्यादालाई कायम राख्दै नेपालको सार्वभौमीकता सम्बन्धी स्पष्ट अडान थापाले राखेको सैनिक स्रोतले जनाएको छ । त्यती बेला तत्काल प्रतिकृया नदिएका थापाले अवस्था र उचित अवसरमा त्यसको जवाफ दिने बताएका थिए । अवसरको पर्खाइमा रहेका प्रधानसेनापति थापाले नरवाणेको भ्रमणको राम्रो सदुपयोग गरेका छन् ।

उनले नरवणे समक्ष आफ्नो भनाई बुँदागत रुपमा राखेको बताइएको छ । उनले नेपाली जनताको फैसाला र चाहनालाई सम्मान गर्न नेपाली सेना सधै प्रतिवद्ध रहेको कुरा नरवणे समक्ष राखेका छन् । उनले भारतद्धार अतिक्रमित भूमी समेटेर नेपालले जारी गरेको नयाँ नक्सा र त्यसलाई संसदले गरेको अनुमोदनलाई उल्लेख गरेका हुन् ।

खुला सिमाको नियमन र व्यवस्थापनको विषयलाई उनले नरवणे समक्ष राखेका छन् । खुला सिमानाका कारण दुवै देशमा समस्या भएको र त्यसको ब्यवस्थापनको आवश्यकता थापाले औल्याएका छन् ।

उनले नेपाल सँधै सार्वभौमिकताको अभ्यास गर्न स्वतन्‍त्र छौं र सक्षम रहेको पनि नरवणेलाई स्पष्ट रुपमा राखेको सेना स्रोतले जनाएको छ । भारतवाट भइरहने आन्तरिक हस्तक्षेप र नेपाललाई चीन परस्त भन्दै भारतले लगाएको आरोप प्रति लक्षित गर्दै उनले भनाई राखेको बताइएको छ ।

प्रधानसेनापति थापाले नेपालले कसैकाविरुद्ध भूमि प्रयोग हुन नदिने प्रतिद्धता पनि जनाएका छन् । कात्तिक १९ गते जंगीअड्डमा सामूहिक र दुई सेना प्रमुखहरूबीच एक्लाएक्लै पनि औपचारिक वार्ता भएको थियो । सेनापतिले समकक्षीको सम्मानमा आयोजना गरेको विशेष रात्रीभोजमा उनले अनौपचारिक कुराकानीका क्रममा पनि आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *