सीईडीबी हाइड्रोपावरको आईपीओ भोलिदेखि निष्कासन हुने

काठमाडाै, कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् लिमिटेड तथा खारेखोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरु निर्माण भइरहेका छन् ।

साथै, कम्पनीको लगानी रहेको संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ ।

सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५ पैसा र प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५र०७६ मा १०।५४ प्रतिशत र २०७६र०७७ मा ७।३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *