सीसीएमसीकाे बैठक शुरू, लकडाउनको विषयमा सिफारिस गर्न सक्ने सम्भावना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई को#रोना महामारीको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेपछि आज को#भिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठक बोलाइएको छ ।

बैठक अहिले ३ बजे बस्दैछ । हिजो प्रधानमन्त्रीसँगको छलफलमा सीसीएमसीका अधिकारीहरुले को#रोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका छन् ।

शहरी क्षेत्रमा भिडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो । प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए ।

बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

यो पनि पढ्नुहोस् : खनाल– नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

काठमाडौं, नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकलाई खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए ।

यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *