सुत्नुअघि यसरी गर्नुहोस् अनुहारको हेरचाह, आउँदैन दाग-धब्बा

काठमाडौँ अनुहारको हेरचाह। यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ ।कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ।दिनभरको धुवाँ, फोहोर, धुलोमैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनुहुँदैन ।

अनुहारको सफाइका लागि स्क्रबको पनि त्यतिकै महत्व हुन्छ । तर, हरेक दिन स्क्रब नगर्नु राम्रो हुन्छ । हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।फेसप्याक लगाउनु पनि आवश्यक हुन्छ । नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ ।

अन्यथा, आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा फाइदा हुन्छ ।अनुहारमा टोनिङ गर्नुको फाइदा भनेको छाला कसिलो बनाउनु हो । जसले गर्दा छालालाई चाउरी तथा खुकुलो हुन दिँदैन ।

अनुहारको सुन्दरता कायम राख्न पोषण त्यतिकै आवश्यक हुन्छ । त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ।विशेषगरी, सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनुहुँदैन । यसले छाला फुस्रो तथा सुक्खा हुन दिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *