सुनको सर्ट लगाएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भारतीय नागरिकको हत्या

काठमाडौं सुनको सर्ट लगाएर, सुनको सर्ट लगाएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भारतीय नागरिकको हत्या भएको छ । पुनेका ४८ वर्षीय भारतीय नागरिक दत्ता फुगेको विहीबार राति अपहरणपछि हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न चारजना व्यक्तिलाई पक्राउ गरेको छ । भारत, पुनेनजिक दिघीमा राति फुगेमाथि चक्कु तथा ढुंगाले आक्रमणकारीले शिर किचिदिएका थिए ।

प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ । केही दिन पहिले पैसाको लेनदेनको विषयमा भएको विवादका कारण यो हत्या भएको आशंका गरिएको छ ।

दिघी प्रहरीचौकीका एक प्रहरी निरीक्षकले संदिग्ध आक्रमणकारीले जन्मदिनको पार्टीको बहना बनाएर फुगेलाई लिएर गएको र उनको हत्या गरेको बताएका छन् ।

करिब तीन वर्ष पहिले साढे तीन किलोको सुनको सर्ट पहिरिएर फुगे चर्चित भएका थिए । सर्टले गिनिज बुकमा पनि स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *