सुनचाँदीको मुल्य घट्यो

काठमाडौं सुनचाँदीको मुल्य घट्यो। सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १००  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७००  रुपैयाँले घटेको हो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ९००  रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६००  रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५  रुपैयाँमा कारोवार भएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार २३०  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५  रुपैयाँले घटेको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *