सुरक्षामा खटिएका सशस्त्र प्रहरी को#रोनाको उच्च जोखिममा

काठमाडाै, नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ ।

को#भिड  को संक्रमण बढेसँगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि को#भिड  संक्रमणको जोखिममा परेका छन् । भारतमा को#भिड  संक्रमणको दोश्रो लहर घलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ ।

यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भइरहेका छन् । त्यसमध्ये सीमा सुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरू संक्रमणको बढी जोखिममा रहेका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ । सशस्त्र प्रहरी बलले को#भिड  को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए । संगठनभित्र ब्यारेकदेखि डियुटी खटिदा सम्मको जोखिम मूल्यांकन गरेर काम गरिरहेको अर्यालले बताएका छन् ।

प्रहरी बलका १ हजारभन्दा बढी सुरक्षाकर्मी अहिले को#भिड  बाट संक्रमित भइसकेका छन् । अहिले आइसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराइरहेका छन् । को#भिड  को दोश्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भएपनि संक्रमितको चाप बढेकोले चुनौती थपेको अर्यालले बताए । अस्पतालको चापलाई थेग्न स्वास्थ्यसँग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उनले वर्तमान अवस्थामा आवश्यक जनशक्तिसँगै प्राविधिक सामाग्री पनि थप्न सके अस्पतालले को#भिड  विरुद्धको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिले सम्म ४० हजार बढी सुरक्षाकर्मीहरु को#रोना संक्रमित भइसकेका छन् । को#भिड  का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सामूहिक रुपमा ब्यारेकमा बस्ने भएकाले एकजना सुरक्षाकर्मी मात्रै संक्रमित भए संक्रमित सम्बद्ध पुरै युनिट जोखिममा पर्ने खतरा छ ।

त्यसैले पनि सरकारले अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीका लागि स्वास्थ्य सतर्कताका मापदण्ड व्यवहारमा कार्यान्वयन गर्दै सुरक्षाका लागि आवश्यक श्रोत र साधन पर्याप्त मात्रामा उपलब्ध गराउन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *