हेर्नुहोस उनि भन्छिन, “अब म कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी “

बुधबार दिउँसो बेस्सरी घाम चर्केको थियो । घामभन्दा पनि अझ चर्को थियो काठमाडौं छोड्न चाहनेहरुको हतारो । चर्को घामबाट जोगिन गोगंवुस्थित नयाँ बसपार्कको सानो छहारी छेउ पोका पन्तुराहरुको बीचमा थिइन् रोल्पाकी दिलकुमारी पुन मगर ।

४ महिनाअघि उनी श्रीमान् दीपक पुनसँग काठमाडौंँमा काम खोज्न आएकी थिइन् । नुवाकोटको बट्टारमा रहेको एक इँटा उद्योगमा ईटा बनाउँने र बोक्ने काम गरेका उनीहरुको काम लकडाउनले रोकिदियो । सरकारले फेरि लकडाउन गर्दैछ भन्ने सुनेका उनीहरुले हिजो साँझ नै पोका पन्तुरा कसे र बिहानै बट्टारबाट काठमाडौँ हिँडे ।

दिउँसो १ बजे गोङ्गबु बसपार्कको सडक पेटीको छहारीको भुइँमा पोका पन्तुरा र दुई जना काखे छोराछोरी कुरेर बसेकी थिइन् दिलकुमारी । उनका श्रीमान् दीपक भने रोल्पा जाने बसको खोजीमा निस्किएका थिए । सामानहरुको पाकोमाथि निदाइरहकी थिइन् उनको छिमेकी बहिनी । ४ वर्षका छोरा दिपेश र २ वर्षकी छोरी मनिषा त्यहीँ खेलिरहेका थिए ।

गाउँमा काम सकिएर हिउँद लागेपछि ४ महिनाअघि कामको खोजीमा उनको परिवार काठमाडौं आएको थियो । गाउँको नाइकेको साहयतामा नुवाकोटको एक इँटा भट्टामा काम गर्न पुगेका उनीहरुले फेरि अघिल्लो वर्षको जस्तै लकडाउन हुने खबर थाहा पाएपछि घर जाने यात्रामा निस्किएका थिए ।

dilkumari

इँटा भट्टामा काम गरेको पनि पूरा पैसा नलिइ हिँडेको उनले बताइन् । ‘साहुले गाडि भाडा मात्र दिएको छ दश–पन्ध्र हजार जति । अरु पैसा दिएको छैन ।’ इँटा भट्टामा काम गाउँका अरु मान्छे नफर्किएपनि बालबच्चा भएका कारण घर जान लागेको उनले सुनाइन् । अब फेरि काठमाडाै‌ं नआउने, रोल्पामा मकै छर्ने, खेत रोप्ने काम गर्ने उनले सुनाइन् ।

उनको रोल्पास्थित गाउँको खास नाम राङकोट हो । स्थानीय तह निर्माण गर्दा गाउँको नाम फेरेर परिवर्तन गाउँपालिका बनाइएको रहेछ । उनले गाउँको नाम परिवर्तन गरेर परिवर्तन राखेपनि आफ्नो दुःख भने परिवर्तन नभएको बताए ।

दीपकले हाँस्दै भने, ‘परिवर्तन नाममात्रै छ हामी यस्तो गरेर हिँड्नुपरेको छ । झोला बोक्यो बोरा बोक्यो यस्तै छ । अब घर जान ढिला हुन्छ, टाढाको बाटो छ, बालबच्चा लिएर हिँड्नुपरेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *